काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेटको क्षतिमा १४९ रन बनाएर १५० रनको लक्ष्य दिएको हो ।
कर्णालीका लागि गुल्सन झाले उत्कृष्ट पारी खेले । उनले २२ बलमा नटआउट ४९ रन बनाए । पवन सर्राफले ३५ र मार्क वाटले ३० रन जोडे । नजिबुल्लाह जदरानले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
प्रतिक्रिया