समयको विकास र विज्ञान तथा प्रविधिले ल्याएको परिवर्तन सँगसँगै आमसञ्चारको माध्यम र दायरा पनि फराकिलो हुँदैछ। छापा, रेडियो र टिभी पुराना सञ्चारमाध्यमसँगै अहिले अनलाइन पत्रकारिताको प्रचलन र लोकप्रियता पनि बढ्दो छ। यसैक्रममा केही न केही योगदान दिन सकियोस् भन्ने अभिप्रायले हामीले ‘शब्दयात्रा’को नामबाट अनलाइन पत्रकारिताको यात्रा शुरु गरेका छौँ। शब्दयात्रा आम पाठकहरुसँग गरिने शब्दहरुको सहयात्रा हो। यसकारण यो यात्रामा तपाईँहरूको साथ र सहयोग अपरिहार्य छ।