+
Search

ताजा अपडेट +

पपुलर +

कसैको अस्तित्व मेटाएर एकता हुँदैनः कुलमान घिसिङ

शब्द-यात्रा
२०८२ पुष १२, शनिबार

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व मेटाएर एकता सम्भव नहुने बताएका छन् ।

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र घिसिङबीच एकताको तयारी भइरहेका बेला मन्त्री घिसिङले यस्तो प्रतिक्रिया दिएका हुन् ।

शनिबार उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने आवश्यकता समेत औँल्याएका छन् ।

मन्त्री घिसिङले भने, ‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन । सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो ।’

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा