काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा २ हजार १०० रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँ बढेर २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको थियो । यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला चार हजार ५०० रुपैयाँमा आइपुगेको छ ।
प्रतिक्रिया