+
Search

ताजा अपडेट +

पपुलर +

आज निर्वाचन आयोग जाँदै कांग्रेसको विशेष महाधिवेशन पक्ष

शब्द-यात्रा
२०८२ माघ १, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको गगन–विश्व समूह आज निर्वाचन आयोग जाने भएको छ ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेकाले अभिलेख अद्यावधिक गर्न बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म निर्वाचन आयोग जान लागेका हुन् ।

नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठक गरेपछि त्यसको निर्णयसहित गगन–विश्व समूह निर्वाचन आयोग जान लागेको एक नेताले बताएका छन् । बुधबार सकिएको विशेष महाधिवेशनले गगन थापालाई सभापति घोषणा गरेको छ । संस्थापन पक्षले गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्नेगरी कारबाही गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा