+
Search

ताजा अपडेट +

पपुलर +

मनोनयन दर्ताको मिति केही दिन पर सार्ने तयारी

शब्द-यात्रा
२०८२ माघ ४, आइतबार

काठमाडौँ । निर्वाचन आयोगले मनोनयन दर्ताको समय थप गर्ने तयारी गरेको छ ।

आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेर मनोनयन दर्ताको मिति केही दिन पर सार्ने तयारी गरेको स्रोतले बताएको छ ।

नेपाली कांग्रेसको देउवा समूह निर्वाचन तालिका स्थगितको माग गर्दै आयोग पुगेको छ । निर्वाचन आयोगका विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरिएको हुँदा त्यसको छिनोफानो नभएसम्म निर्वाचन सम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन माग गर्दै टोली आयोग गएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा