काठमाडौँ । लिबियाका पूर्वनेता कर्नल मुअम्मर गद्दाफीका छोरा सैफ अल–इलाम गद्दाफीको गोली हानी हत्या गरिएको छ।
जिन्तान शहरस्थित आफ्नै घरमा चार जनाको कमान्डो युनिटले ५३ वर्षीय सैफ अल–इस्लामको हत्या गरेको लिबियाली समाचार एजेन्सीले पुष्टि गरेको छ ।
उक्त आक्रमणको पछाडि कसको हात छ भन्ने कुरा हालसम्म स्पष्ट भइसकेको छैन। सेफ अल–इस्लामका वकील र राजनीतिक टोलीका अनुसार सन् २०१७ मा जेलबाट रिहा भएदेखि उनी जिन्तानमा बस्दै आएका थिए।
कुनै समय आफ्ना पिताको शासनकालमा सुधारवादी चरित्रका रूपमा चिनिने सेफले लन्डन स्कूल अफ इकोनोमिक्सबाट पीएचडी गरेका थिए।
प्रतिक्रिया