+
Search

ताजा अपडेट +

पपुलर +

तोलामा १५ सयले घट्यो सुनको भाउ

शब्द-यात्रा
२०८२ फागुन ६, बुधबार

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि प्रतितोला तीन लाख ४०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन सुन तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर चार हजार ८८० निर्धारण भएको छ । अघिल्लो दिन चार हजार ८८५ रुपैयाँ थियो । नेपालमा अन्तरराष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा