+
Search

ताजा अपडेट +

पपुलर +

मतदानपछि सेनाको गाडीले स्कर्टिङ गरेर मतपेटिका ल्याउन सक्छः गृहमन्त्री

शब्द-यात्रा
२०८२ फागुन २०, बुधबार

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गरेको बताएका छन् ।

आज पत्रकार सम्मेलन गरेर गृहमन्त्री अर्यालले सुरक्षा संयन्त्र मतदान स्थलसम्म पुगिसकेको बताएका छन् ।

उनले निर्वाचन स्वच्छ र धाँधलीरहित हुने बताएका छन् । उनले भोलि मतदान भइसकेपछि मतपेटिकाको बाकस गाडीमा राखेर निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रममा सुरक्षा योजनामाअनुसूचीमा लेखेअनुसार हुने बताए । ‘गाडीको सबैभन्दा अगाडि ड्राइभर र मतदान अधिकृत बस्छ। त्यसपछि मतपेटिका हुन्छ। प्रहरी हुन्छ। प्रहरीभन्दा पछाडि उम्मेदवारका प्रतिनिधिहरू हुन्छन्। अरू सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको गाडीले, आवश्यक पर्‍यो भने नेपाली सेनाको गाडीले पनि स्कर्टिङ गर्न सक्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा