काठमाडौँ । नेपाली बजारमा आज सुन–चाँदीको भाउ बढेको छ ।
सोमबार प्रतितोला तीन हजार सात सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन हजार आठ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १७ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको छ । हिजो सोमबार एक तोला सुन रु तीन लाख १३ हजार २०० र चााँदी रु पाँच हजार ४१० मा कारोबार भएको थियो ।
प्रतिक्रिया