काठमाडौँ । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले भदौ २३ र २४ गतेका घटनालाई जनतासमक्ष सही रूपमा संप्रेषण गर्न नसक्नु पार्टीको मुख्य कमजोरी रहेको बताएका छन् ।
पार्टीले गरेका राम्रा कामहरू र महत्त्वपूर्ण राजनीतिक घटनाक्रमबारे जनतालाई सही ढंगले बुझाउन नसक्दा पार्टीले अहिलेको परिणाम भोग्नुपरेको उनको भनाइ छ ।
शनिबार पार्टीको सचिवालय बैठकमा सहभागी हुन भक्तपुरको गुण्डु पुगेका भट्टले भने, ‘हामीले गरेका कामलाई तलसम्म जनतासँग पुर्याउन सकेनौँ । भदौ २३ र २४ को घटनालाई पनि ठीक ढङ्गले जनतासमक्ष संप्रेषण गर्न सकेनौँ । त्यसको परिणाम नै अहिले हामीले भोगिरहेका छौँ र यसलाई स्वीकारेर अगाडि बढ्नुपर्छ ।’
प्रतिक्रिया