+
Search

ताजा अपडेट +

पपुलर +

दाइजो नपाएपछि विवाह रद्द गरेका वीर अस्पतालका डाक्टरविरुद्ध मुद्दा दायर

शब्द-यात्रा
२०८२ चैत ४, बुधबार

वीर अस्पतालका चिकित्सक रहेका रौतहटको कटहरिया नगरपालिका २ घर भएका मो ओजिर देवान र उनका दाइ केदारबाबु देवानविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।

मागेअनुसार दाइजो नपाएपछि विवाह नगरी फरार भएको आरोपमा जिल्ला अदालत, काठमाडौँमा मुद्दा दायर भएको हो ।

ओजिरले गत १४ मंसिरमा एक युवतीसँग कोर्ट म्यारिज गरेका थिए । पछि सामाजिक परम्पराअनुसार विवाहको तयारी अघि बढेकोमा दाइजोको विषयलाई लिएर विवाद भएको थियो । ओजिरका दाइ केदारबाबु रौतटहबाट आएर आफ्नो भाइले डाक्टर पढेको पैसा दिनुपर्ने, स्कोरपियो गाडी र २० लाख रुपैयाँ चाहिने भन्दै विवाह रद्द गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा