+
Search

ताजा अपडेट +

पपुलर +

एकै दिन १४ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

शब्द-यात्रा
२०८२ चैत ११, बुधबार

काठमाडौँ । स्थानीय बजारमा आज सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

आज चाँदी पनि तोलामा ४१५ रुपैयाँले बढेको छ । आज त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ९२० कायम भएको छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ५०५ रुपैयाँ कायम भएको थियो ।

गत सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ४२५ रुपैयाँ कायम भएको थियो भने आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदी ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा