काठमाडौँ । सम्झौता बमोजिम काम नगरेको र लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहेको भन्दै सडक विभाग अन्तर्गतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले महाकाली नदीमा ४ लेनको पक्की पुल निर्माण गर्ने ठेक्का रद्द गरेको छ ।
यो सँगै कुमार–सीएफईसी जेभीसँगको ठेक्का सम्झौता अन्त्य भएको छ ।निर्देशनालयले सम्बन्धित निर्माण व्यवसायीलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र महाकाली पुल योजना कार्यालय, महेन्द्रनगर, कञ्चनपुरमा सम्पर्क राखी वित्तीय फरफारक गर्न निर्देशन दिएको छ ।
तोकिएको समयभित्र सम्पर्कमा नआए कानुन बमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने समेत सूचनामा उल्लेख छ ।
प्रतिक्रिया