काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को निर्वाचन खर्च सार्वजनिक गरेको छ ।
आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चुनावका लागि सरकारबाट कुल ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ बजेट प्राप्त भए जनाएको छ । त्यसमध्ये ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च गरी निर्वाचन सम्पन्न गरिएको आयोगले जनाएको छ।
कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातालाई आधार मान्दा प्रतिमतदाता औसत २ सय ६३ रुपैयाँ खर्च भएको आयोगको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया