काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ लगायतको अन्य सुविधा थप गरेको छ ।
यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ ।
अब ग्राहकहरूले घरमै बसेर वा आफ्नो सहजताअनुसार यस बैंकको मोबाइल बैंकिङ एप नवीकरण गर्न सक्नेछन् । त्यसका लागि एपमा लगइन गरी एक्सपाइरी पपअप देखिएपछि ‘रिन्यू नाउ’ मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि नवीकरण शुल्क सम्बन्धी जानकारी तथा व्यवस्थापनपछि ‘कन्टिन्यू’ थिचेर आफ्नो ट्रान्जेक्सन पिन प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था रहेको छ ।
यस सेवाको साथमा बैंकले फाइदा एपबाट बैंक नगई ग्राहकले आफ्नो राष्ट्रिय परिचय पत्र, स्थायी लेखा नम्बर तथा ईमेल पनि अपडेट गर्न सक्ने व्यवस्था मिलाएको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताएका छन् ।
बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउन यो सुविधा ल्याइएको बैंकले जनाएको छ। मुक्तिनाथ फाइदा एपमार्फत ग्राहकहरूले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन्।
प्रतिक्रिया