+
Search

ताजा अपडेट +

पपुलर +

जलस्रोत, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक अघि बढाइने

शब्द-यात्रा
२०८३ जेठ १३, बुधबार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक अगाडि बढाउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत विकास विभाग र विद्युत नियमन आयोगका कर्मचारीसँग छलफल गर्दै विधेयकमा सुझाव दिन आग्रह गरेका छन्।

मन्त्री श्रेष्ठले उत्पादित विद्युत खेर जान नदिन, जनताको लगानी सुरक्षित गर्न तथा विद्युत खपत विस्तारसँगै प्रसारण पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले आगामी आर्थिक वर्षभित्र रणनीतिक महत्वका एक दर्जनभन्दा बढी प्रसारण लाइन निर्माणलाई तीव्रता दिने लक्ष्य रहेको बताए।

उनले जलविद्युत आयोजनामा नयाँ मोडालिटी अपनाउँदै सहकार्य विस्तार, विद्युत उत्पादन अनुमतिपत्र वितरणमा गम्भीरता तथा परियोजनाको नियमित अनुगमन आवश्यक रहेको बताए । सुशासन र शासकीय सुधारलाई प्राथमिकतामा राख्दै उत्कृष्ट कार्यसम्पादनका आधारमा जिम्मेवारी र अवसर प्रदान गरिने पनि उनले उल्लेख गरे।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा