काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय मानवअधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३ र २४ गतेको आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कांग्रेसले एक विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदनले विगतको सरकारद्वारा गठित गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण साबित गरिदिएको दाबी गरेको छ।
कांग्रेसले विगतमै कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको टिप्पणी गरेको स्मरण गराउँदै मानवअधिकार आयोगको प्रतिवेदनले समेत त्यसलाई अपर्याप्त देखाएको उल्लेख गरेको छ।
मानवअधिकार आयोगले स्वयं जाँचबुझ आयोगकै अध्यक्षमाथि दोष देखाउँदै सूक्ष्म अनुसन्धान गर्नुपर्ने औँल्याएकाले कार्की आयोग निष्पक्ष नभएको कांग्रेसको ठहर छ। आम चुनाव हुनुपूर्व उक्त प्रतिवेदन सार्वजनिक नगर्नुमा नियोजित उद्देश्य रहेको आफ्नो शङ्कालाई यसले बल पुर्याएको कांग्रेसले जनाएको छ।
प्रतिक्रिया