+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसले क्रियाशील सदस्यता वितरणको म्याद बढायाे

शब्द-यात्रा
२०८३ जेठ २९, शुक्रबार

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणको म्याद बढाएको छ । सदस्यता वितरणको म्याद यही जेठ २८ गते राति १२ बजेसम्मको लागि समयसीमा निर्धारण गरेकाेमा फेरि समय थप गरेकाे हाे ।

कांग्रेसकाे क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत ७ लाख ८२ हजार २ सय ९ योग्य सदस्यमध्ये हालसम्म ५ लाख ३८ हजार ६ सय २२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेकाे जनाइएको छ ।

अहिलेसम्म कांग्रेसका १ लाख ४९ हजार ३ सय ९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेकाे र उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा रहेकाे पनि नेपाली कांग्रेसले जनाएकाे छ ।

नेपाली कांग्रेसले हालै जारी गरेको विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने सयमा जेठ २८ गते राति १२ बजेसम्म रहेकाेमा अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढाइएको जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा