फिफा विश्वकप-२०२६ अन्तर्गतको खेलमा इजिप्टले न्युजिल्यान्डविरुद्ध जित निकालेको छ । आज बिहान भएकाे खेलमा इजिप्टले न्युजिल्यान्डविरुद्ध ३-१ को जित निकालेको हो ।
खेलको ५८औँ मिनेटमा पहिलो गोल गरेको इजिप्टले ६८ औँ मिनेटमा दोस्रो र खेलको अन्त्यतिर तेस्रो गोल गरेर तीन अंक जोडेको छ । यसअघि पहिलो हाफको खेल सकिँदा न्युजिल्यान्डले १-० को अग्रता बनाएको थियो ।
खेलको १५ औँ मिनेटमा फिन समनले हेड मार्फत गोल गरेर न्युजिल्यान्डकाे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पछिल्लाे समय न्युजिल्यान्डले इजिप्टविरुद्ध कमजोर प्रदर्शन गरेर गाेल गर्न नसक्दा इजिप्टसँग ३-१ गाेल अन्तरले पराजित हुन पुगेकाे हाे ।
प्रतिक्रिया