+
Search

ताजा अपडेट +

पपुलर +

मुक्तिनाथ विकास बैंकद्वारा धनगढीमा विद्यार्थीहरूका लागि ल्याइएको मिड–डे मील कार्यक्रमलाई सहयोग

शब्द-यात्रा
२०८३ असार २५, बिहीबार

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फुड फर लाइफ नेपालद्वारा धनगढीमा सञ्चालित गर्न लागिएको मिड–डे मील (दिवा भोजन) कार्यक्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

यस कार्यक्रम अन्तर्गत आयोजक सामाजिक संंस्थाले केन्द्रीकृत भान्सा प्रणाली मार्फत धनगढीस्थित सरकारी विद्यालयहरूमा अध्ययनरत ५ हजार विद्यार्थीहरूलाई स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराउने छ ।

विशेष गरी आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरूको पोषण सुधार, विद्यालयमा नियमित उपस्थिति अभिवृद्धि तथा शिक्षामा निरन्तरताका लागि यस कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्दै आएको छ । बैंकले आगामी दिनमा समेत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजको दिगो विकासमा योगदान पुर्‍याउने यस्ता कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा