+
Search

ताजा अपडेट +

पपुलर +

करदातालाई खुसी पारेर कर उठाउनुस्ः अर्थमन्त्री वाग्ले

शब्द-यात्रा
२०८३ साउन ७, बिहीबार

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन्।

बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।

‘करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,’ अर्थमन्त्रीले भने, ‘मैले बजारमा सुन्न पाऊँ कर प्रशासनमा ठूलो सुधार भएछ, कर तिर्न बोझ छैन, कोही पनि त्रसित छैनन्।’

उनले कर सङ्कलनका लागि जबरजस्ती र त्रसित बनाएर नभई स्वेच्छिक कर अनुपालनमार्फत करदाताहरूलाई करको दायरामा समेट्न कर प्रशासकहरूलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा