काठमाडौं । सन् २०२६ को ‘महिला अफ्रिका कप अफ नेसन्स’ मा १६ टोलीहरूबीच प्रतिस्पर्धा हुँदै छ ।
सन् २०२७ को महिला विश्वकपमा स्थान बनाउने अवसर र महादेशीय श्रेष्ठताको होडका लागि १६ राष्ट्र भिडन्तमा उत्रने छन् ।
मोरक्कोमा हुने यस प्रतियोगिताको खेलहरू भोलि आइतबारबाट सुरु हुँदै छन् । वास्तवमा यो प्रतियोगिता तोकिएको समयभन्दा चार महिना ढिलो गरी सुरु हुन लागेको हो।
जसअनुसार नाइजेरियाले एक वर्षअघि जितेको उपाधि रक्षा गर्ने प्रयास गर्नेछ भने घाना, जाम्बिया र मोरक्को पनि प्रतियोगिताका प्रमुख दाबेदारहरू मध्ये पर्छन्। जाम्बियाका राचेल कुन्डानान्जी र बार्बरा बान्डा, नाइजेरियाकी रसिदात अजिबादे तथा मलावीका चाविङ्गा दिदीबहिनी ताबिथा र तेम्वाजस्ता चर्चित खेलाडीहरूको सहभागिता रहने भएकाले यस प्रतियोगितामा विश्वस्तरीय प्रतिभाको कुनै कमी हुनेछैन।
प्रतिक्रिया