काठमाडौं । विश्वकप विजेता स्पेनिस कप्तान रोड्रीको सोमबार ढाडको शल्यक्रिया गरिने भएको छ ।
म्यानचेस्टर सिटीका नयाँ प्रशिक्षक एन्जो मारेस्काले पुष्टि गरे अनुसार उनको सोमवार ढाडको शल्कक्रिया गरिने भएको हो ।
३० वर्षीय स्पेनिस कप्तानले गत हप्ता आफ्नो देशलाई विश्वकपको उपाधि दिलाउँदै गर्दा प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा ‘गोल्डेन बल’ उपाधिसमेत जितेका थिए। तर क्लब स्तरमा भने यी मिड फिल्डरका पछिल्ला दुई सिजन निकै प्रभावित भएको थियो ।
खासमा ‘एन्टिरियर क्रुसिएट लिगामेन्ट’ को चोटका कारण उनी २०२४–२५ को सिजनको अधिकांश समय मैदान बाहिर रहनुपरेको थियो भने गत सिजन पनि विभिन्न समस्याका कारण उनी प्रायः अनुपस्थित रहे।
तर पनि ‘ब्यालोन डि ओर’ विजेता रोड्री विश्वकपमा भने उत्कृष्ट लयमा देखिएका थिए ।
प्रतिक्रिया