काठमाडौँ । चितवनमा तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवस मनाइएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा आज बाजागाजासहित प्रभातफेरी गरेर पोल्ट्री दिवस मनाइएको हो ।
पोल्ट्रीसँग सम्बन्धित विभिन्न सङ्घसंस्था र क्याम्पसका विद्यार्थीहरूको सहभागितामा पञ्चैबाजा, झाँकीसहित प्रभातफेरीका साथ दिवस मनाइएको हो ।
देशमा कुखुरापालन सुरु भएको दिनको सम्झनामा हरेक पुस १७ गते पोल्ट्री व्यवसायीहरूले यो दिवस मनाउने गरेका छन् ।
प्रतिक्रिया