+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौँ महानगरले कात्तिक मसान्तसम्म संलकन गर्‍यो ३ अर्ब २२ करोड राजस्व

शब्द-यात्रा
२०८२ मंसिर ३, बुधबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्ममा ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो रकम गत आवको तुलनामा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ धेरै हो ।

महानगरले गतवर्षको सोही अवधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ राजस्व संकलन भएको थियो । गत आवमा १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएको थियो । यस वर्ष भने १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ असुली हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा