+
Search

ताजा अपडेट +

पपुलर +

कृषि विकास बैँक र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबीच वन परियोजनाका लागि ऋण सम्झौता

शब्द-यात्रा
२०८२ मंसिर ७, आइतबार

काठमाडौँ । कृषि विकास बैँक र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबीच ऋण सम्झौता भएको छ ।

विश्व बैंकको सहयोगमा सञ्चालित ‘समृद्धिका लागि वन परियोजना’ कार्यक्रमका लागि सहुलियत ऋण उपलब्ध गराउने विषयमा बैंक र ऋण व्यवस्थापन कार्यालयबीच सम्झौता भएको हो ।

कृषि विकास बैँकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उप–महाप्रबन्धक सुदिपकुमार दाहाल र विभागीय प्रमुख नीकू आचार्यको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

विश्व बैंकको सहयोगमा सञ्चालित यस परियोजनाका लागि गरिएको सम्झौताले देशभरका वनमा आधारित उद्यमीलाई वित्तीय पहुँच उपलब्ध गराउने छ । वनमा आधारित उद्यमशीलता विकासका लागि सहयोगी हुने यस परियोजनामा बैंकले ७ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्नेछ । सम्झौताअनुसार अधिकतम १५ करोड रुपैयाँसम्म ऋण प्रदान गर्न सकिने छ । यस परियोजनाका लागि देशभरबाट कर्जा लिन सकिने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा