काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी ३ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया