+
Search

ताजा अपडेट +

पपुलर +

आफ्ना घरआँगनलाई सडक सञ्जालसँग जोड्ने बाटो बनाउन स्थानीयले गरे दश लाख सहयोग

शब्द-यात्रा
२०८२ मंसिर ११, बिहीबार

काठमाडौँ । आफ्ना घरआँगनलाई सडक सञ्जालसँग जोड्न काठमाडौँमा रहेका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जावासीले रु १० लाख सहयोग गरेका छन् ।

गुर्जा समाजका अध्यक्ष लीलमाया छन्त्यालका अनुसार देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट सङ्कलन भएको रु १० लाख धौलागिरि गाउँपालिकला–२ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म पुगाउन पालिकालाई प्रदान गरिएको हो ।

यसअघि गुर्जाको ख्याली नाच समूहले रु एक लाख र हिमाली आमा समूहले रु दुई लाख सहयोग गरेका थिए । गुर्जामा सडक पुगाउन सङ्घ सरकारले रु एक करोड ४० लाख, गाउँपालिकाले रु ३५ लाख, सहरी विकास मन्त्रालयबाट रु तीन करोड र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा