काठमाडौँ । सरकारले सुनकोसी मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ठेक्का सम्झौता तोडेपछि निर्माण कम्पनीले आफ्ना सामग्री उठाउन लागेको छ ।
आयोजनाको बाँध, विद्युत् गृहलगायतका संरचना निर्माणका लागि भारतको पटेल–रमण निर्माण सेवाले जिम्मा लिएको थियो । सो कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि काम नगरेपछि सरकारले ठेक्का सम्झौता तोडेको हो ।
डाइभर्सनको सुरुङ निर्माणको चिनियाँ कम्पनीले ठेक्का लिएको काम एक वर्ष अगाडि नै सम्पन्न भइसकेको छ । सम्झौता भएको ठेक्का तोडेपछि सुनकोसी मरिण जलविद्युत आयोजनाको बाँध निर्माणस्थलबाट सो कम्पनीले निर्माण सामग्री र साइटमा रहेका उपकरणहरू उठाएको हो ।
प्रतिक्रिया