काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट्स (SAFA) द्वारा प्रदान गरिने तीन प्रतिष्ठित अवार्ड हासिल गरेको छ।
पाकिस्तानको इस्लामाबादमा बिहीबार सम्पन्न समारोहमा बैंकले ‘उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन पुरस्कार’ (Best Presented Annual Report Award), ‘एकीकृत प्रतिवेदन पुरस्कार’ (Integrated Reporting Award), र ‘कर्पोरेट गभर्नेन्सका लागि सार्क वार्षिकोत्सव पुरस्कार २०२४’ (SAARC Anniversary Award for Corporate Governance Disclosure 2024) प्राप्त गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले उक्त अवार्डहरू ग्रहण गर्नुभएको बैंकले जनाएको छ। यो उपलब्धिले कृषि विकास बैंकको पारदर्शिता, सुशासन, तथा सेवा-सुविधामा उत्कृष्टता प्रति रहेको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
बैंकका अनुसार यसले आगामी दिनमा अझ उच्च गुणस्तरका वित्तीय प्रतिवेदन तथा सेवा प्रवाह गर्न प्रेरणा प्रदान गरेको छ।
यसअघि पनि कृषि विकास बैंक चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४’ प्राप्त गरिसकेको छ।
प्रतिक्रिया