+
Search

ताजा अपडेट +

पपुलर +

सरकार र एडीबीबीच १० करोड डलर ऋण सम्झौता

शब्द-यात्रा
२०८२ पुष २, बुधबार

काठमाडौँ । सरकार र एसियाली विकास बैंक (एडीबी) बीच सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा एक समारोहका बीच सार्वजनिक वित्त व्यवस्थापन तथा विकेन्द्रित सेवा प्रवाह सुदृढीकरण कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रमका लागि उक्त सम्झौता भएको हो ।

सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा एडीबीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आनो कुबाले हस्ताक्षर गरे । सम्झौताअनुसार एडीबीले नेपाल सरकारलाई नीतिमा आधारित ऋण सहायतास्वरूप १० करोड अमेरिकी डलरबराबरको वित्तीय सहयोग उपलब्ध गराउनेछ ।

ऋणको कुल अवधि २४ वर्ष रहनेछ भने सुरुका आठ वर्ष भुक्तानी छुट रहने व्यवस्था गरिएको छ । ऋणको ब्याजदर पहिलो चरणमा एक प्रतिशत र त्यसपछिका वर्षहरूमा १.५ प्रतिशत रहनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा