काठमाडौँ । सरकारले सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि बनाएको भौतिक पूर्वाधार पुनर्निमाण कोषमा बुधबारसम्म १२ करोड ७ लाख रुपैयाँ सङ्कलन भएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत कार्यका लागि स्थापना भएको कोषमा बिहीबार दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले २० लाख जम्मा गरेसँगै १२ करोड ७ लाख रुपैयाँ सङ्कलन भएको छ ।
गत असोज ८ गते राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वैच्छिक रूपमा सहयोग गर्न सरकारले सबैलाई आग्रह गरेको थियो ।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सञ्जय जोशीले बिस लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया