काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले ६.४९ प्रतिशत ब्याजदरमा “गरिमा आवास कर्जा” योजना सार्वजनिक गरेको छ ।
हरेक नेपालीको आफ्नै घरको सपना साकार गर्न यो आकर्षक योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।
कर्जा लिन आवश्यक सम्पूर्ण कागजात पेस गरेको ३ कार्य दिनभित्र बैंकले कर्जा स्वीकृत गर्नेछ । यस योजनाअन्तर्गत बैंकले अधिकतम ३० वर्षसम्मका लागि सरल र झन्झटरहित तवरबाट सजिलो आवास कर्जा उपलब्ध गराउने छ ।
यो कर्जा गरिमा विकास बैंक लिमिटेडको सबै शाखा कार्यालयहरूमा उपलब्ध हुने छ । यस योजनामा ग्राहकले धितो मूल्याङ्कनको अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकहरूले सहज रूपमा कर्जा सार्न समेत सक्नेछन् ।
नयाँ घर खरिद गर्न, नयाँ घर निर्माण गर्न तथा पुरानो घर मर्मत तथा पुनर्निर्माण गर्नका लागि यस योजनाअन्तर्गतको आवास कर्जा उपभोग गर्न सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया