+
Search

ताजा अपडेट +

पपुलर +

वाटर इनर्जी सोलुसनले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

शब्द-यात्रा
२०८२ पुष २५, शुक्रबार

काठमाडौँ- वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले साधारण शेयर निष्काशन प्रक्रियाका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा दुई पक्षबीच बिहीबार सम्झौता सम्पन्न भएको छ।

वाटर इनर्जी सोलुसन लिमिटेडले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

कम्पनीले आईपीओ मार्फत उठाउने रकमले परियोजनाको निर्माण कार्यलाई थप द्रुत गति दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा