+
Search

ताजा अपडेट +

पपुलर +

चुनावमा उठ्ने उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने

शब्द-यात्रा
२०८२ माघ १३, मंगलबार

नेपाल राष्ट्र बैंकले राजनीतिक दल तथा उम्मेदवारको छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

बैंकले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यस्तो निर्देशन दिएको हो ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा चुनावमा हुने खर्च प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था छ । निर्वाचन अभियानका क्रममा हुने खर्च र आम्दानीलाई पारदर्शी, व्यवस्थित र निगरानीयोग्य बनाउन उक्त व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा