+
Search

ताजा अपडेट +

पपुलर +

कृषि विकास बैंकद्वारा त्रिवि व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग

शब्द-यात्रा
२०८२ माघ १५, बिहीबार

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमले निर्धारण गरेका विभिन्न सहयोगका क्षेत्र अन्तर्गत शिक्षा तथा दिगो विकास लक्ष्य क्षेत्र मार्फत शैक्षिक गुणस्तर सुधारका लागि यो सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकको यो सहयोगले विश्वविद्यालयमा अध्ययरत विद्यार्थीहरूका लागि डिजिटल प्रविधियुक्त विधिबाट पठनपाठन कार्यमा सहयोग पुग्ने विश्वास बैंकले जनाएको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मिति २०८२ माघ १४ गते बुधबार आयोजित एक कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा.भवानी शंकर आचार्यलाई स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण गरेका हुन् । सो सहयोग हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धक प्रताप सुवेदी, विभागीय प्रमुख विना शर्मा, वरिष्ठ शाखा प्रमुखद्वय ध्रुव पौडेल र अञ्जु दाहाल, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा तथा बैंकका कीर्तिपुर शाखाका प्रबन्धक नारायणलाल श्रेष्ठ र बैंकका पूर्वउपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

यसैगरी व्यवस्थापन केन्द्रीय विभागको तर्फबाट विभाग प्रमुख प्रा.भवानी शंकर आचार्य र प्रा.डा. डिल्लीराज शर्मा लगायतका प्राध्यापकहरू, विश्व विद्यालयका कर्मचारीहरू तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा