+
Search

ताजा अपडेट +

पपुलर +

आज तोलामा २० हजार ५ सयले घट्यो सुनको मूल्य घट्यो, चाँदी कति?

शब्द-यात्रा
२०८२ माघ १६, शुक्रबार

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। बिहीबारको तुलनामा दुवै बहुमूल्य धातुको मूल्य ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ। यसैगरी, चाँदीको मूल्य प्रतितोला ७ हजार ६५ रुपैयाँमा झरेको छ।

बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

यसअघि बुधबार सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ र चाँदी ७ हजार ३०० रुपैयाँ थियो भने मंगलबार सुन ३ लाख ९ हजार ३०० रुपैयाँ र चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार ५३७ अमेरिकी डलर र सेतो धातु (चाँदी) प्रतिऔँस ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा