वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ५७ करोड मूल्य बराबरका १६ थरिका खाद्य पदार्थ आयात भएको छ ।
गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सो अवधिमा यो नाका हुँदै आयात हुने खाद्य पदार्थमा २१ करोड मूल्यको गिरावट आएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो ।
चालु आवको ६ महिनामा पाँच अर्ब ६८ करोड मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ । जबकि गत आवको सोही अवधिमा छ अर्ब नौ करोड मूल्यको धान आयात भएको थियो ।
चालु आवको छ महिनामा तीन अर्ब ४१ करोड मूल्य पर्ने मकै आयात भएको छ । त्यस्तै चालु आवको ६ महिनामा एक अर्ब ६१ करोड मूल्य पर्ने चामल र ३३ करोड मूल्य पर्ने माल्ट आयात भएको छ । त्यस्तै २३ करोड ७३ लाख मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।
प्रतिक्रिया