+
Search

ताजा अपडेट +

पपुलर +

कृषि विकास बैंकद्वारा चेतना माविमा डिजिटल वित्तीय शिक्षा कार्यक्रम सम्पन्न

शब्द-यात्रा
२०८२ माघ १८, आइतबार

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको सहयोगमा आईसीटी पत्रकार विकास मञ्चद्वारा माघ १६ गते आयोजित कार्यक्रममा टोखा नगरपालिका वडा नं ९ स्थित चेतना महिला माध्यमिक विद्यालयमा एक दिने डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयमा अध्ययनरत महिलाहरूलाई डिजिटल बैंकिङ्गको पहुँच विस्तार र सुरक्षाबारे जानकारी दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा डिजिटल बैंकिङ्ग कारोबारबारे प्रशिक्षण दिइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक रहेका कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालयका वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेलले डिजिटल बैंकिङ्ग कारोबार आजको अनिवार्य आवश्यकता भएको र यसबारे सम्पूर्ण ग्राहकहरूले यो के हो, यसको प्रयोग गर्न के के कुराहरू आवश्यक पर्छ, डिजिटल बैंकिङ्ग सेवाको प्रयोग कसरी गर्ने, सुरक्षा सतर्कता कसरी अपनाउने भन्ने विषयहरू लगायत आफूलाई प्राप्त पिन, पासवर्ड र ओटिपी कोड एवं व्यक्तिगत विवरणहरू शेयर गर्न नहुने जस्ता महत्त्वपूर्ण विषयमा तालिममा सहभागी महिलाहरूलाई प्रशिक्षण गराएका छन् ।

उक्त कार्यक्रममा अन्य अतिथिको रुपमा राष्ट्रिय अभिभावक संघका केन्द्रीय सदस्य गोविन्दप्रसाद भुषाल, पूर्वप्रधानाध्यापक टेकनारायण सापकोटा, प्रशिक्षक कृष्ण सापकोटा, पूर्वबैंकर सुशील पन्त र आईसीटी पत्रकार विकास मञ्चका सदस्य कृष्णराज तिमिल्सिनाले यस्ता तालिमले महिलाहरूको सामाजिक र आर्थिक स्तर उकास्नमा महत्त्वपूर्ण योगदान पुग्ने कुरा बताए । विद्यालयकी प्रधानाध्यापक शान्ता पण्डित र सहप्रधानाध्यापक उर्मिला अमात्यले विद्यालयमा यस्तो व्यावहारिक ज्ञान भित्रिएकोमा खुसी व्यक्त गरिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा