काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा फेरि वृद्धि भएको छ । आज सुन तोलामा १४ हजार ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी पनि २६५ रुपैयाँ बढेर पाँच हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार सुन दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया