+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल व्यापार संघको अधिवेशन चैत्र ७ मा हुँदै

शब्द-यात्रा
२०८२ चैत २, सोमबार

काठमाडौँ । नेपाल व्यापार संघले आफ्नो ३३ औँ वार्षिक साधारणसभा तथा १७ औँ अधिवेशन विविध कार्यक्रमका साथ यही चैत्र ७ गते शनिवारका दिन गर्न लागेको कुरा संघका केन्द्रीय अध्यक्ष हरि गौतमले जानकारी गराएका छन् ।

विसं २०४७ सालमा निजी क्षेत्रमा व्यापार–व्यवसाय तथा उद्योग गर्नेहरूलाई समेटेर स्थापना भएको संघ त्यसयताका ३५ वर्षमा देशव्यापी रूपमा विस्तार हुन पुगेको छ ।

देशको राजनीतिक संरचनाअनुसार प्रदेश, जिल्ला र नगर तथा गाउँ तहसम्म सांगठनिक संरचना रहेको संघको केन्द्रीय कार्यसमितिमा भने सबै पक्षलाई समेटेर १०५ जना रहने विधानअनुसारको व्यवस्था रहेको छ । साधारण, मानार्थ, संस्थापक, आजीवन, संरक्षक र अस्थायी गरी ६ प्रकारका सदस्यताद्वारा सकेसम्म सबै व्यापारी, व्यवसायी र उद्योगीहरूलाई समेट्ने प्रयास संघले गर्दै आएको छ ।

सबै प्रकारका सहज–असहज परिस्थितिमा व्यापार–व्यवसायको हित प्रवर्द्धनमा सहयोगी बन्ने लक्ष्य संघले राखेको कुरा अध्यक्ष गौतमले जानकारी गराए । व्यापार र व्याववसायिकताको विकासले जनजीवनलाई सहज बनाउनुका साथै देशको अर्थतन्त्रलाई मजबूत बनाउने हुँदा सरकार र निजी क्षेत्रको हातेमालो अपरिहार्य रहेको धारणा पनि उनले राखे ।

चैत्र ७ गते भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुन लागेको वार्षिक साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथि नेपाल चेम्बर अफ् कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाल रहने र देशैभरबाट व्यापार तथा व्यवसाय क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने कुराको जानकारी पनि अध्यक्ष गौतमले दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा