काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको सुरुमा सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेकामा फागुन मसान्तसम्म २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुगेको हो ।
जुन कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत हुन आउँछ ।
प्रतिक्रिया