+
Search

ताजा अपडेट +

पपुलर +

फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुर महानगरले छुट्यायो तीन करोड रकम

शब्द-यात्रा
२०८२ चैत ३, मंगलबार

चितवनको भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि महानगरले रकम विनियोजन गरेको छ ।

भरतपुर महानगरपालिका–११ मा रहेको राष्ट्रिय वन क्षेत्रमा करिब १६ बिगाह जग्गा भोगाधिकारका लागि आवश्यक रु तीन करोड बजेट कार्यपालिकाले सुनिश्चित गरेको हो ।

महानगरपालिकाले यसअघि नै रु पाँच करोड १९ लाख ७५ हजार भुक्तान गरिसकेको महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बताएका छन् ।

जग्गा भोगाधिकार र एक बिरुवा कटान गरे बापत १० बिरुवा रोपेर पाँच वर्षसम्म संरक्षणका लागि महानगरले यसअघि नै रु पाँच करोड १९ लाख ७५ हजार भुक्तान गरेको महानगरपालिकाको वातावरण महाशाखा प्रमुख विराट घिमिरेले बताएका छन् । अब रोपिने बिरुवा संरक्षणका लागि रु एक करोड ९० लाख विनियोजन गरिएको हो ।

हाल महानगरपालिकामा दैनिक ८० टन भन्दा बढी फोहोर सङ्कलन हुने गरेको छ जसलाई आँपटारीको नजिकै खोल्सामा व्यवस्थापन हुँदै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा