काठमाडौँ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । मध्यपूर्वमा जारी द्वन्द्व र भदौको जेनजी आन्दोलनको असरका कारण नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०२५ मा ४.६ प्रतिशत रहेको वृद्धिदरमा उल्लेख्य गिरावट आउने विश्व बैंकले जनाएको छ ।
विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक परिदृश्य अनुसार अघिल्लो आर्थिक वर्ष २०८१–८२ को ४.६ प्रतिशतका तुलनामा घटेर आर्थिक वर्ष २०८२–८३ मा २.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । भविष्यमा पुनर्निर्माणका गतिविधि, जलविद्युतको निरन्तर विस्तार र सन् २०२७ मा हुने स्थानीय निर्वाचनका कारण बढ्ने उपभोगले आर्थिक वर्ष २०२७–२०२८ मा नेपालको औसत आर्थिक वृद्धिदर ४.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
नेपालको सन्दर्भमा सहरी विकास, पर्यटन र डिजिटल सेवा जस्ता क्षेत्रहरूमा विशेष नीति ल्याउनुका साथै व्यावसायिक वातावरणमा स्थिरता र नियामक पूर्वाधारमा सुधार गर्न आवश्यक रहेको प्रतिवेदनले सुझाव दिएको छ।
प्रतिक्रिया