सुनसरीका कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको छ लाख ६९ हजार ७१० रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव थेबेका अनुसार सप्तरी तिलाठी कोइलारी गाउँपालिका–५ का ५८ वर्षीय रामलखन यादव र भारत सुपौल छिटही हनुमाननगर ग्राम पञ्चायत–१५ का ६५ वर्षीय प्रभु मुखिया पक्राउ परेका हुन् ।
मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया