+
Search

ताजा अपडेट +

पपुलर +

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन, भाडादरमा पनि वृद्धि

शब्द-यात्रा
२०८३ बैशाख ५, शनिबार

गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो ।

यसअघि आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुंगाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुंगा काठमाडौंको हवाई उडानको भाडादरमा वृद्धि भएको छ । नयाँ लागू गरिएको भाडादर अनुसार काठमाडौंबाट रेसुंगाका लागि १० हजार ९०२ र रेसुंगाबाट काठमाडौंका लागि १० हजार ७०२ निर्धारण गरिएको छ ।

निगमले यसअघि काठमाडौंबाट रेसुंगाका लागि सात हजार ५०० र गुल्मीबाट काठमाडौंका लागि सात हजार ३०० भाडादर निर्धारण गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा