नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको बजार मूल्य समायोजन गर्न सदस्य उद्योगहरूलाई आग्रह गरेको छ।
महासंघले कच्चा पदार्थ र इन्धनमा भएको मूल्यवृद्धिको कारण देखाउँदै मूल्य बढाउन सर्कुलर जारी गरेको हो।
महासंघले लागत विश्लेषण र वर्तमान अवस्थाको मूल्याङ्कन गर्दा पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने निष्कर्ष निकालेको छ । महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीका अनुसार पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल र जारलगायतका कच्चा पदार्थको मूल्यमा करिब ४० प्रतिशतले वृद्धि भएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘बढेको उत्पादन लागत र ढुवानी खर्चका कारण मूल्य समायोजन गर्नु अपरिहार्य आवश्यकता बनेको छ।’ हाल देशभर ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्। यी उद्योगहरुमा १५ अर्बभन्दा बढी लगानी छ भने ३० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।

प्रतिक्रिया