+
Search

ताजा अपडेट +

पपुलर +

तेलको भाउ बढ्दा पनि विद्युतीय गाडीको आयात घट्यो, इन्धनबाट चल्नेको बढ्यो

शब्द-यात्रा
२०८३ बैशाख ८, मंगलबार

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो ९ महिनामा विद्युतीय कार आयात १० प्रतिशतले घटेको देखिएको छ ।

गत वर्ष ९ महिनामा ७ हजार ९६७ युनिट विद्युतीय कार आयात भएकोमा चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो ९ महिनामा घटेर ७ हजार १७३ युनिट आयात भएको हो ।

यता ९ महिनाको सोही अवधिमा ४ हजार १४० युनिट पेट्रोल कार आयात भएको छ । गत वर्ष चैतसम्म कुल २ हजार ७४२ युनिट पेट्रोल कार आयात भएको थियो ।

पछिल्लो समय तेलको भाउ बढे पनि मुलुकमा विद्युतीय गाडीभन्दा पनि इन्धनबाट चल्ने गाडीको आयात बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा