+
Search

ताजा अपडेट +

पपुलर +

स्रोत नखुलेको २७ लाख रकमसहित विराटनगर विमानस्थलबाट दुई जना पक्राउ

शब्द-यात्रा
२०८३ बैशाख २०, आइतबार

स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित एक भारतीय नागरिकसहित दुई जनालाई विराटनगर विमानस्थलबाट पक्राउ गरिएको छ ।

शनिबार काठमाडौं आउन लाग्दा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाई १५ लाख ९८ हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसअघि शुक्रबार धरान उपमहानगरपालिका– १८ का ३५ वर्षीय दिलीप तामाङलाई सोही विमानस्थलबाट स्रोत नखुलेको ११ लाखसहित पक्राउ गरिएको थियो । पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा